NRN
महानगरले चलायो गौशालाको अतिक्रमित संरचनामा डोजर

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ ।

आज दिउँसो डोजरसहित पुगेको नगरप्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरुमा डोजर चलाएको हो । चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको हो ।

जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो । तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ ।

डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update