आज सुन तोलाको एक लाख ६० हजार रूपैयाँ, चाँदीको कति ?
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।
शुक्रबार सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्