पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन
८३ वर्षीय ढुंगानाको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रमम निधन भएको हो ।
पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
८३ वर्षीय ढुंगानाको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रमम निधन भएको हो ।
उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । ढुंगाना एक महिनादेखि कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
कानुन व्यवसायको क्षेत्रमा पनि निकै ख्याति कमाएका ढुंगाना पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।
उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए । उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्