NRN
जनसम्पर्क बिभाग सदस्य कृष्ण गिरीलाई बधाई कार्यक्रम सम्पन्न

- राजन घिमिरे, सिड्नी 

  नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सिडनीमा बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसले भर्खरै गठन गरेको नेपाली जनसम्पर्क समिति समन्वय बिभागमाको केन्द्रिय सदस्यमा ओशियाना एवं अष्ट्रेलियालाई प्रतिनिधित्व गर्दै मनोनित हुनु भएकोमा निवर्तमान सभापति तथा महासमिति सदस्य कृष्ण गिरीलाई सो कार्यक्रमको आयोजना गरी बधाई एवं शुभकामना व्यक्त गरीएको हो । 

  सिडनीको टाउनहलमा आयोजना गरीएको सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य माननिय मञ्जु खाँडले बधाई ज्ञापन गर्दै जनसम्पर्कलाई संगठित गर्दै पार्टिले दिएको जिम्मेवारी निभाउन शुभकामना दिनु भयो । कृष्ण गिरीलाई लामो समयदेखि चिनेको, बुझेको भएकाले उहाँले हिजोका दिन देखि पार्टी प्रति, जनसम्पर्क प्रति र संगठन प्रति गर्नु भएको कार्य अत्यन्तै प्रशंसनिय रहेको छ । पार्टीले उहाँलाई बिभागमा राखेर थप जिम्मेवारी दिएको छ र उहाँले यो जिम्मेवारी सहजरुपमा निभाउदै प्रवासमा बसेर नेपाली समुदायमा, नेपाल र नेपालीका लागि उल्लेखनिय कार्य गर्नु हुनेमा बिश्वस्त भएको बिशिष्ट अतिथि नेपाली कांग्रेसका नेता, पूर्व पर्वत पार्टी सभापति एवं पूर्व नेबिसंघ उपसभापति नवराज गुरुङ बताउनु भयो ।

   कार्यक्रममा एनएसडब्लु अष्ट्रेलियाका लागि बाणिज्यदूत संजिब शर्मा, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष गणेश केसी, क्षेत्रिय संयोजक दिनेश पोखरेलले, कृष्ण गिरीले बिगत १५ बर्ष देखि अष्ट्रेलियाको बहु साँस्कृतिक समाज र नेपाली समुदायको लागि गरेको कार्यको चर्चा र प्रशंसा गर्दै बधाई ज्ञापन गर्नु भएको थियो ।

   शुभकामना दिने क्रममा ओएनएफका पूर्व अध्यक्ष बिनोद श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्कका सल्लाहकार राजकुमार अधिकारी, पूर्व आईसीसी सदस्य पिआर अधिकारी, नेपाली समाजका अगुवा राजु मानन्धर, एनआरएन एनएसडब्लु महिला संयोजक सबला बस्नेत, एनएडिएफ कोशाध्यक्ष बिकास झाँ, जनसम्पर्क समिति पूर्व कोशाध्यक्ष उद्धव भट्ट, नेबिसंघ पूर्व केन्द्रिय सदस्य अभिशेक हमाल, तराई एशोशिएशनका पूर्व अध्यक्ष शुभांसु शाह, सरोज थापा लगायतले बधाई ज्ञापन गर्दै गिरीलाई कार्यकालको सफलताको लागि शुभकामना मन्तब्य राख्नु भएको थियो ।  

कार्यक्रम आयोजनाको व्यवस्थापन गर्दै कार्यक्रम संचालन समेत गर्नु भएका नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्रि रोहित खडकाले कृष्ण जि संग संगै कार्य गर्दाको अनुभबको बारेमा बताउदै बधाई दिनु भएको थियो । उहाँको मनोनयनले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा थप सम्मान र साथीहरुमा उर्जा मिलेको बताउदै पार्टी र बिभागलाई धन्यबाद दिनु भयो । कार्यक्रमको अन्त्यमा बोल्दै कृष्ण गिरीले कार्यक्रम आयोजना गरी सम्मान गरोकोमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र कार्यसमितिलाई धन्यबाद ब्यक्त गर्नु भयो । बिभागमा जिम्मेवारी दिनु भएकोमा पाटी सभापति शेरबहादुर देउवा र बिभाग प्रमुख किरण पौडेललाई धन्यबाद दिनुभयो । बिभागको कार्य क्षेत्रमा रहेर पूर्णरुपले जिम्मेवारी निभाउने र पार्टी र जनसम्पर्क समितिहरुलाई जोडनेकार्यमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update