NRN
साइबर अपराध कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई सिआइबीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट 'फेक डकुमेन्ट' सार्वजनिक गरेका थिए । 

प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update