NRN
सत्तारुढ दल नै सडक आएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

सत्तारूढ दल नेकपा एमालले दरबारमार्गमा प्रदर्शनको तयारी भएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

शुक्रबार दिउँसो एमालेले दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेर प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार, माइतीघर क्षेत्रमा अत्यधिक जाम छ ।

एमालेले दरबारमार्गमा जागरण सभा गर्दैछ । सोही सभा गर्न ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

जसकारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update