NRN
समानुपातिक सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय

सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउन चौथोपटक पनि इन्कार गरेका छन् ।

सभामुख घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् । 

जनमत पार्टीले पठाएको पत्रबारे निर्णय गर्दै सभामुखले उनलाई पदबाट नहटाउने निर्णय गरेको छ ।

प्रवक्ता गिरीले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८‚ दफा ३२ र ३८ को प्रावधानमा आधारित भएर सभामुखबाट निर्णय भएको उनले जानकारी दिए । 

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै जनमतले लाभलाई कारवाही गरेको र सांसद पदबाट हटाइएको सूचना टास गर्न भन्दै संसद् सचिवालयमा पटक पटक पत्र दर्ता गराएको थियो । 

सभामुखले पत्रको सुनुवाइ नगरेको भन्दै पार्टी अध्यक्ष सिके राउत आफैँ संसद् सचिवालय पुगेर सभामुखसँग छलफल गरेका थिए ।

सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रो पटक १ चैत २०८०, तेस्रो पटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update