आइतबार एकैदिन प्रतितोला एक हजार सात रूपैयाँले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन प्रतितोला एक हजार सात रूपैयाँ बढेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्