दुई दिनमा साढे १८ हजार रूपैयाँ घटेको सुनको मूल्य बुधबार नौ सय रूपैयाँले बढ्यो, तोलाको कति ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
मंगलबार प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो ।
त्यस्तै, चाँदी यस दिन प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्