NRN
आगलागी हुदाँ १३ वर्षिया बालिकाको मृत्यु , एक घाइते

जुम्ला । चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ ।

लोक बहादुर भण्डारीको घरमा गएराती  साढे १० बजे आगलागी हुदाँ उनकी छाेरी  बन्दना भण्डारीको  जलेर मृत्यु भएको  प्रहरीले  जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् ।

अागलागी भएकाे घरमा भण्डारीका सासु, श्रीमती, छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुर खुट्टा पोलेकाे भने अन्य परिवार सहकुशल रहेका छन ।  उनका अनुसार ढुङगा र काठले बनेको तीन तलाको घर टिनको छानोले छाइएको थियो ।  प्रहरीका अनुसार आगो दाेस्राे तलाबाट लागेको अनुमान गरीएको छ ।  मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।  

प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गिररहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । क्षतिको थप बिवरण आउन बाँकी छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update