NRN
उच्च पहाडी भेगमा हिमपातको सम्भवना

काठमाडाैं ।  आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । यसैगरी प्रदेश नं १,  बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान गरिएको छ । 

शुक्रबार पनि प्रदेश नं १ र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update