NRN
११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, अवार्ड अमेरिकामा हुने 
  •   राजन घिमिरे 


११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अमेरिकामा हुने अवार्डको घोषणा गरे ।

 अवार्ड कार्यक्रम अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो । सो अवसरमा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो । अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा,फेम नेपालका बिमल पछाइ र युएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै चलचित्रको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए । 

Award1675947026.jpg

नेफ्टा अध्यक्ष पुष्कर लामाले नेफ्टाको उद्देश्य पनि अवार्डमार्फत फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने र फिल्मलाई प्रवद्र्धन गर्नु रहेको बताए । नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा गर्न लागिएको अवार्डले दुई मुलुकबीच सांस्कृतिक र देशीय सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्नसक्ने बताए । ‘हामीले विगतदेखि नै नेफ्टालाई विभिन्न विदेशी मुलुकमा गरिरहेका छौं यसको उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हो’ अध्यक्ष लामाले भने ।

आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले नेफ्टा अवार्डमार्फत आफूहरुले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए ।

कार्यक्रम आयोजक मध्येका एक आर्यन फिल्म्सका प्रमुख तथा चलचित्र निर्माता - निर्देशक रमेश एमके पौडेलले फिल्मको अन्तर्राष्ट्रियमै जोड दिए -‘ अब हामी देशमा मात्र होइन बिदेशको कुना कुनामा पनि पुग्नु पर्छ । हामी सर्जकहरूको क्षमता प्रतिभाले बिदेशमा पनि पुग्ने अबसर पाउंनु पर्छ -‘ । कार्यक्रममा अवार्डमा २०७९ सालभित्र रिलिज भएका फिल्मले ४२ वटा विधामा प्रतिस्पर्धा हुने  जानकारी दिइयो ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update