NRN
तीन दिने भ्रमणका लागि भारतीय बिदेश सचिव नेपाल आउँदै

काठमाडौं  । भारतीय बिदेश सचिव मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । आगामी १ फागुन, साेमवार उनी नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।

सो अवसरमा बिदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update