NRN
जसपाको रौतहट जिल्ला सचिव यादव आम जनता पार्टीमा प्रवेश 

 

काठमाडौ। जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन् । 

आजपा अध्यक्ष प्रभु साहको निवासमा यादवलाई साहले माला लगाई पार्टीमा प्रवेश गराएको प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि आजपा प्रवेश गरेका हुन् । यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको जिम्मेवारी दिएको थियो । 

हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको बेला जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले अधिकांश जिल्ला सदस्य सहित प्रभु नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा प्रवेश गरेका थिए ।

गत विहीबार मात्र स्वतन्त्र सांसद एवम् पूर्वमन्त्री प्रभु साहले आम जनता पार्टी गठन गरेका थिए । पार्टी घोषणासंगै साहले पार्टीको संगठन विस्तार अगाडि बढाएका छन् । पार्टी गठन घोषणाकै दिन प्रदेशको अध्यक्ष र ईन्चार्ज तथा जनवर्गीय संगठन र विभाग प्रमुखहरुको चयन गरेको थिए । आज अध्यक्ष साहले सर्कुलर जारी गरि मधेश प्रदेशका आठ वटै जिल्लाको अध्यक्ष, सचिव र ईन्चार्जको जिम्मेवारी तोकेको छ । जसपाका तत्कालीन जिल्ला अध्यक्ष पटेलले आजपा जिल्ला अध्यक्षको जिम्मेवारी पाएकै दिन जसपाका बहालबाला जिल्ला सचिव आजपा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update