NRN
जनयुद्ध राष्ट्रको साझा सम्पत्तिसमेत हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाएका छन् ।

२८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले युग परिवर्तनको प्रतिनिधित्व गर्ने  ‘जनयुद्ध’ आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका हुन । प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेकोसमेत उल्लेख गरेका छन् । 

माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवसका रूपमा रहेको बताएका छन । ‘जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो’ उनले आज जारी गरेको बिज्ञप्तिमा भनेका छन् । आज सरकारले पहिलो पटक जनयुद्ध दिवसका अवसरमा सार्बजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update