NRN
यस्तो छ पछ्यौरीको फर्को 

 काठमाडाैं । चर्चित  फोटोग्राफर कुवेर तामाङ पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । एक पछि एक सफल भिडियो निर्देशन गर्दै आईरहेका कुवेरको निर्देशन रहेकाे अर्को गीत राज केसी र जेसिका केसीको स्वरमा ‘पछ्यौरीको फर्को’ सार्वजनिक भएको छ । ह्यारी महर्जन र दिपशन डंगोलको छायांकन रहेको भिडियोलाई संजय अधिकारीले सम्पादन गरेका छन ।

चकलेटी नायकको उपमा पाएका मोडल संजित भण्डारीको मुख्य अभिनय रहेको उक्त भिडियोमा उनलाई मोडल कंचन र प्रार्थनाले नृत्यमा साथ दिएका छन । नायक संजित अभिनित आंधी तुफान २ शहरका विभिन्न हलहरुमा भव्य प्रर्दशन भैरहेको छ भने नेपालमा एकै चलचित्रबाट अभिनयमा सर्वाधिक अवार्ड जित्ने नायकको रुपमा समेत उनले परिचय स्थापित गरेका छन । उनी अभिनित पछिल्ला म्यूजिक भिडियोहरु सफल भएका छन ।

सनिश परियारको शव्द संगीतमा तयार गीत रमेश सुवेलीले कम्पोज गरेका हुन । गीतलाई अर्जुन थापाले एरेन्ज गरेका थिए भने मन बहादुर बरालले मिक्सिगं गरेका थिए । भिजन नेपाल फिल्मसमा पोष्ट प्रडक्सन गरिएको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update