NRN
कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते

पोखरा । मुस्ताङको थासाङ ३, धम्पुमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान साढे ८ बजे धम्पुस्थित सडकबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो । 

बसमा सवार चालक, सहचालकसहित यात्रु घाइते भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । 

मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि १४ जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ । 

प्रहरी कार्यालय नजिकै भएको र समयमै थाहा भएकोले उद्धार भएकोले ठूलो क्षति हुनबाट जोगिएको हो । करिब ४५ मिटर तल नदीमा खसेको बस पानीमा डुबेको छ । दुर्घटनामा परेकाहरु मुस्ताङ घुम्न गएका तथा स्थानीयहरु हुन् । 


 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update