NRN
सिड्नीमा मास्टर सेफ सन्तोष साहलाई भेट्ने होइन त ? 

 

  •  राजन घिमिरे 
     

यतिबेला नेपाली स्वाद र खानालाई बिश्वमांझ पुर्याउंने अभियानमा लागेका माष्टर सेफ सन्तोष साहलाई अष्ट्रेलियाको सिड्नीमा भेट्न पाईने भएको छ । भेट्न पाईने मात्र नभएर उनकै  हातबाट  बनेको नेपाली स्वाद र खाना पनि खान पाईंने भएको छ ।

नेपाली खाना र स्वादलाई बिदेशमा स्थापित गराउंन लागि परेका छन मास्टर सेफ सन्तोष साह । प्रबासमा रहनु हुने नेपालीहरू मांझ मात्र होइन कि बिदेशीहरूलाई पनि नेपाली स्वाद र खानेकुराप्रति आकर्षित गराउंन सक्नु पर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै साह अब नेपालीहरूको बाक्लो बसाई भएका मूलुकहरूमा पुग्ने भएका छन ।

santosh 21676522765.jpg

सन्तोष साह जस्ता चर्चित सेफले सिड्नीमा आएर नेपाली स्वाद र खानाको प्रचार गर्न लागेको समाचारले अहिले सिड्नीमा रहेका नेपालीहरु पनि उत्साहित देखिएका छन

 यसै क्रममा साह मे ३ देखी ७ तारेखसम्म अष्ट्रेलियाको सिड्नीको टाउंन हल नजिक रहेको नेपालीबाट सन्चालित रेस्टुरेन्ट नमस्ते रेष्टुरेन्टमा आफै उपस्थित भएर बिभिन्न नेपाली खाना चखाउंने भएका छन । सेफ सन्तोषको यो क्षमता, दक्षता र नेपाली परिकारप्रतिको लगाबलाई अष्ट्रेलियाको सिड्नीसंग जोड्ने  काम भने अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज ( एपिआइसी ) र नेपालको मैतिदेबीमा रहेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले गर्न लागेको हो -‘ नेपाली खानेकुरालाई सन्तोष साह मार्फत बिस्व मांझ पुर्याउंने हाम्रो योजना हो यो । यो हाम्रो योजना र कार्यलाई अष्ट्रेलियामा रहनु हुने नेपालीहरूले साथ दिनु हुने छ भन्ने बिस्वास हामीले लिएका छौं -‘  अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज ( एपिआइसी ) का सिइओ गणेश केसीले भने ।

   सन्तोष साह जस्ता चर्चित सेफले सिड्नीमा आएर नेपाली स्वाद र खानाको प्रचार गर्न लागेको समाचारले अहिले सिड्नीमा रहेका नेपालीहरु पनि उत्साहित देखिएका छन । पछील्लो समय नेपाली खानाका परिकारहरुलाई समस्त अस्ट्रेलियावासी समुदाय मांझ पस्की रहेको सिड्नीमा रहेको नमस्ते नेपाली रेस्टूरेण्टमा सेफ सन्तोष साहले खानेकुरा बनाउंने छन ।

उक्त रेस्टूरेण्टका संचालक अस्ट्रेलियाका सफल  युवा व्यवसायी एवं एन आर एन अभियन्ता डिला खरेल हुन । सेफ साहसंग जोडिन पाएकोमा खरेलले पनि प्रसन्नता ब्यक्त गरेका छन । नमस्ते रेष्चुरेण्टमा मास्टर सेफ सन्तोष साहले तयार पारेका बीस प्रकारका नेपाली खानाको परिकार र साथमा नेपाली एला पनि समाबेश हुने भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update