NRN
सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं। खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारकी ८९ वर्षीया आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । 

कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारका क्रममा बिहीबार बिहान १०ः५७ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो । 

बुधबार राति ग्यास सिलिन्डर बिस्फोटबाट उनको ७० प्रतिशत शरीरको भाग जलेको थियो । सोही घटनामा घाइते भएका सांसद भण्डारीको भने उपचार भइरहेको छ । 

तर, उपचाररत अस्पतालले उनलाई सृुविधा सम्पन्न अस्पताल लैजान भनेको छ । सांसद भण्डारीको २५ देखि ३० प्रतिशत शरीर जलेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update