- राजन घिमिरे
पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा कार्यशाला गोष्ठी हुने भएको छ । यस बिषयमा गैह् आबासीय नेपाली संघका प्रवक्ता एव हालै बेलायतको वेल्सका लागि पर्यटन दूतमा नियुक्त भएका सोम सापकोटाले जानकारी दिए । उनका अनुसार गोष्ठी गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्श फर टुरिजले मिलेर आयोजना गर्न लागेका हुन ।
एनआरएनएका प्रवक्ता सापकोटाका अनुसार कार्यक्रममा पर्यटन, संस्कृति, तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी र पर्यटन क्षेत्रका विज्ञहरुका साथै नेपालका पूर्व राजदुतहरुको उल्लासमय उपस्थिति रहने छ ।
कार्यक्रम काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा २० फ्रेबुअरी का दिन आयोजना हुँदै छ ‘ नेपालको पर्यटन क्षेत्रको बारेमा आयोजना हुने यो गोष्ठी फलदायी हुने र गोष्ठीमा सबै बर्ग, क्षेत्र , तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरूलाई गोष्ठीमा सहभागिता जनाइ दिनु हुन आग्रह गर्दछु ।‘ सापकोटाले भने ।