NRN
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ

कैलाली। कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन । उनको रिहाईका लागि कैलाली जिल्ला  प्रशासन कार्यालयले आवाश्यक कानुनी पक्रिया सुरु गरेको छ । तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोली अझैसम्म टुंगो भने लागिसकेको छैन् ।   

यदपी, नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भए पछि त्यसका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन् । 

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । 
एक दशक अगाडीका सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update