NRN
पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड
  • राजन घिमिरे 

नेपालको पर्यटन प्रर्वद्धनको लागि पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड दिएका छन् । उनिहरूले   नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेश स्थित नेपाली दुतावास,पर्यटन मन्त्रालय,बोर्ड तथा गैरआवासीय नेपाली संघबीच समन्वयको खाँचो  समेत औल्याए । नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमको आयोजनामा सोमबार आयोजित नेपालको पर्यटन उद्योगको विकास र सफलताका लागि सहकार्य बिषयक कार्यशालामा बोल्दै   उनिहरूले  यस्तो  धारणा राखेको हुन ।

 कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरीक उड्ड्यन मन्त्री सुदन किरातीले पूर्व राजदूतहरुको सुझावलाई एकिकृत गर्दै मन्त्रालयले आगामी दिनमा नीतिगत व्यवस्था तथा आवश्यक सहकार्य गर्ने बताए । उनले  नेपालको लागि कतै नक्कल गरिएको नभई मौलिक खालको पर्यटनमा जोड दिन समेत आग्रह गरे  । 

Nrn11676908870.jpg

मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय पर्यटन नीति तथा ऐन नै संसोधनको प्रक्रियामा रहेकाले संशोधन  पछि कुटनीतिक क्षेत्र तथा व्यवसायीहरुका माग सम्बोधन हुने अपेक्षा गरिएको बताए । 

कार्यक्रममा पूर्व राजदूतहरु डा. सुरेशचन्द्र चालिसे, मोहन कृष्ण श्रेष्ठ, मधुरमण आचार्य,लक्की  शेर्पा, डा. अन्जन शाक्य, रमेश कोईराला, पद्युम्न विक्रम शाह, युवनाथ लुईटेल, दुर्गा भट्टराई, दीपक धिताल, झविन्द्र अर्याल लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन महत्वपुर्ण क्षेत्र भएको उल्लेख गर्दै देश  अनुसार  बजारकिरणको रणनीति तय गर्न मनत्रालय र बोर्डलाई सुझाव दिएका थिए  ।

  नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशमा रहेर काम गर्दाका अवसर ,चुनौती र समन्वयमा भएको कमिलाई समेटेर समग्र  नेपालको पर्यटन प्रवद्र्नमा अगाडी बढ्न सहज हुने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको  एनआरएनए, नेपाल पर्यटन  प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए  ।

कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रर्वद्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्धार प्रणालीमा जोड दिए  । यस्तै कार्यक्रम पश्चात नेपालको पर्यटन प्रर्वद्धनका लागि समन्वय र सहकार्य लागि १० बूदें घोषणा पत्र समेत जारी गरिएको युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमका संयोजक दीपेश शाक्यले जानकारी दिएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update