NRN
राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय

काठमाडौं। राप्रपाले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने २५ फागुनमा मतदान हुनेछ । तर, राप्रपाले कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो । 

साथै राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा भने उपयुक्त समयमा बैठक बसेर निर्णय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update