NRN
साँसद कठायतले गरिन् ६ कार्यालयमा छड्के

जुम्ला । प्रतिनिधि सभाका सांसद विनिता कठायतले  जुम्लाका ६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सांसद बनेकि कठायतले छ कार्यालयकाे छड्के अनुगमनमा ५ जना कार्यालय प्रमुख जिल्ला बाहिर रहेकाे पाइएकाे छ। सांसद भइसकेपछि पहिलो पटक जुम्ला पुगेकि सांसद कठायतले जुम्लामा रहेका करिब ५६ वटा मध्ये ६ वटा सरकारी कार्यालयहरुको छड्के अनगुमन गरेकि हुन् ।

कामकाे बाहनामा हिँउदकाे समयमा कार्यालय हरु रित्ता हुने गरेकाे विगतको ईतिहास छ। हरेक कार्यालय प्रमुखले जिल्ला बाहिर जाँदा जिल्ला प्रशासनकाे अनुमानि लिनु पर्ने प्रावधान भएपनि नियम मिचेर कार्यालय प्रमुख जिल्ला बाहिर रहेकाे उनले बताइन।

६ वटा कार्यालयमा अनुगमन गर्दा जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारि काे मात्रै उपस्थिति देखियाे, अरु सबै अनुपस्थित रहे। जिल्ला बाहिर जाँदा प्रमुख जिल्ला अधिकारीलाई छलेर जाने परम्परा देखियाे,उनले भनिन्, याे अभ्यास राेकिनु पर्छ। जिल्लामा लामाे समय देखि कृषि क्षेत्रमा विभिन्न कार्यालय सक्रिय रहे पनि किसानकाे उन्नति हुन नसकेकाले प्रभावकारी कार्य सम्पादनमा ध्यान सांसद कठायतले अनुराेध गरेकि छन्। अनुगमनका क्रममा जनास्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा गएको वैशाख महिना देखि पुष महिनाको १५ गते सम्म जम्मा ७७ दिन मात्रै हाजिर भएको देखिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update