काठमाडौ । विभिन्न क्षेत्रमा लगानी गर्दै आएको व्यवसायीक घराना आईएमई समुहले काठमाडौ टेक्निकल स्कुल खोलेको छ । राम्रो सिप हाँसिल गरेका दक्ष जनशक्ति उत्पादन गरि तत्काल रोजगारी उपलब्ध गराउने उदेस्यले काठमाडौको सुकेधारामा काठमाडौ टेक्निकल स्कुल खोलिएको हो ।
यस स्कुलमा अहिले होटलसँग सम्वन्धित कक्षा, केयरगिभर सम्बन्धी कक्षा, वित्तीय क्षेत्र व्यवस्थापन कक्षा र कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ सम्बन्धी कक्षा संचालन हुने छ ।
सिटिइभिटीबाट सम्बन्धन लिएर होटलसँग सम्बन्धीत दुई महिनाको, केयरगिभर सम्बन्धी तीन महिनाको र कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ सम्बन्धी ६ महिनाको कक्षा सञ्चालन गर्न लागिएको सो स्कुलल जनाएको छ ।
काठमाडौ टेक्निकल स्कुलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उपेन्द्र शर्मा घिमिरेले अहिले यस स्कुलमा तीन महिने कयेरगिभर सम्बन्धी कक्षा सुरु भईसकेको र अरु निश्चित अवधीका सिपमूलक तालिक कक्षाहरु पनि धमाधम संचालन गरिने बताए । उनले यस स्कुलमा आएर विभिन्न तालिम हाँसिल गरेका दक्ष जनशक्ति स्वदेशमा मात्र नभएर विदेश जानेहरुकालागि पनि निकै उपयोगि र फलदायी हुने बताए ।
उनले हाल मुलुकमा आवस्यक देखिएको दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनकालागि यो स्कुलले महत्वपूर्ण भूमिका खेल्ने दावी गरे । यसैगरि, सिइओ घिमिरेले संभवतः यो स्कुल प्रशिक्षणमा आवस्यक ल्याव सहित सम्पूर्ण पूर्वाधारले सम्पन्न मुलुककै उत्कृष्ट स्कुल भएको दावी गरे ।
सो स्कुल खोलिएकोबारे जानकारि गराउन शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा काठमाडौ टेक्निकल स्कुलका कार्यक्रम संयोजक शिब बालक चौधरीले आईएमई समुहद्धारा प्रवद्र्धित यो स्कुलमा छोटो अवधीका वित्तीय क्षेत्र व्यवस्थापन तथा विभिन्न संघ÷संस्थालाई आवस्यक कुशल नेतृत्व विकास कक्षा संचालन पनि गरिने बताए । उनले यस्तो कक्षा भने एक घण्टादेखि आवस्यक जति समयको पनि हुने जानकारि दिए ।
उनले तालिम लिएपछि प्रमाणपत्र हातमा लिएर बस्न नपरोस र उसले यहाँ आएर सिकेको गुणस्तरीय सिपको उपयोग गर्ने लक्ष्यकासाथ यो स्कुलले प्रशिक्षार्थीलाई आवस्यक जागिर एवं कामको सेवा समेत मिलाईदिने बताए । यस स्कुलमा ‘अन द जब’ सिपमूलक तालिम संचालन हुने दावी गर्दै उनले यहाँ आएर सिप सिकेका दक्ष जनशक्तिलाई आईएमई समुहले लगानी गरेका विभिन्न क्षेत्र लगायत आफुहरुले सहकार्य गरिरहेका विभिन्न संघ संस्थामा पठाइने बताए ।
सिटिइभिटीले तोकेको योग्यता र मापदण्ड अनुसार नै यस स्कुलमा विभिन्न सिपमूलक कक्षा संचालन हुने बताए ।
उनले अहिले कक्षा सुरु भएका दुई महिने देखि ६ महिले विभिन्न तालिममा सहभागी हुनकालागि प्रतिव्यक्ति ६० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको बताए । यसैगरि, छोटो अवधीका वित्तीय क्षेत्र व्यवस्थापन तथा विभिन्न संघ÷संस्थालाई आवस्यक कुशल नेतृत्व विकास कक्षामा सहभागी हुनेहरुलाई दैनिक २ हजार पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको उनले जानकारि दिए ।
यस स्कुलमा दक्ष जनशक्ति उत्पादन गरि सहभागीलाई तत्काल रोजगारी दिने लक्ष्यकासाथ यस्तो कक्षा संचालन गरिएको बताए । उनले सुरुवाती दिनहरुमा भने यस स्कुलमा आएर विभिन्न सिपमूलक तालिम लिएकाहरुलाई आइएमई समुहलाई आवस्यक जनशक्ति व्यवस्थापन गर्दै अघि बढ्ने लक्ष्य लिएको बताए ।