NRN
तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडाैं ।  ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए । 

 ग्रीनसिटी अस्पतालले शेर्पालाई भएजस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए। उनको शल्यक्रियामा संलग्न डा रुपा झाले बिरामीको शल्यक्रिया गर्दा तत्काल अन्य जटिलता नआओस भनेर सावधानी अपनाइएको पनि जानकारी दिए ।  बिरामीको अवस्था अहिले सामान्य रहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update