NRN
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


टीकापुर । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट दुई तिहाई सदस्यवाट विश्वासको मत पाएका छन् । आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले दुई तिहाई बढी विश्वासको मत पाएका हुन् । 

मतदानमा ५२ जना सांसद सहभागी भएका मध्ये शाहले ४१ मत पाए । उनको विपक्षमा ११ मत परेको थियो । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७,  नेकपा (एकीकृत समाजवादी) ४ जना र स्वतन्त्र १ गरी शाहले ४१ जना सांसदबाट विश्वासको मत लिए ।  शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी,  एकीकृत समाजवादी र स्वतन्त्रका सांसदहरूले विश्वासको मत दिएका हुन् । प्रदेश सभामा एमालेका १० सांसद छन् । शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत दिएनन् । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् । उनी माघ २६ गते नियुक्त भएका थिए । 

रावलको सरकार ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।  त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् । उनी माघ २६ गते नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update