NRN
नेपाली महिला पाइलटको दुबईमा स्वागत

राजन घिमिरे

दुबई तर्फको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाज काठमाडौं–दुबई रुटको उडान भरेका हुन् । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको हो ।

आइतवार नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले संगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसंगै को – पाईलट शृजना रावत उडानमा रहेकी थिइन् ।

उनले महिलाहरुको सो उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरुप्रति धन्यवाद दिएकी थिइन् ।

उनीहरुले विमान युएई विमान स्थलमा पुगे पछि गैर आबासीय नेपाली संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैर आबासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए । सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा लगायत कृष्ण गौतम,नवराज श्रेष्ठ, प्रकाश थापा र अशोक के सीको साथमा जनसम्पर्क समितिका सभापति भवानी प्रसाद तिमिल्सेना विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update