NRN
हामी आयौ प्रवासीका सुख दुःखमा साथ दिन

नेपाली पत्रकारितामा हामीले थप एक पाइला अघि बढाउने निधो गरेका छौं । यहि क्षेत्रमा काम गरेको तीन दशक लामो अनुभव र पत्रकारितामा चासो राख्ने शुभचिन्तकहरुको शुझाव अनुसार एनआरएन टिभीशो नामक न्युजपोर्टल मार्फत हामी तपाईहरुसंग जोडिन आएका छौं ।

टेलिभिजन कार्यक्रम एनआरएन टिभी शो मार्फत हामीे विगतदेखी नै प्रवासमा रहनु भएका नेपालीहरुसंग जोडिएको जगजाहेरै छ । सञ्चार माध्यमा भएको सुचना प्रविधीको विकाससंगै अनलाइन न्युजपोर्टल अझ बढी प्रभावकारी हुने भएकाले हामी टेलिभिजन कार्यक्रमका अतिरिक्त अनलाइन सेवा सुरु गरेका छौं । अनलाइन सञ्चार माध्यममा हामी प्रवासमा रहनु भएका नेपालीका रहन सहन र चाल चलनलाई विषेश महत्व दिने छौं ।

नयाँ नेपाल निर्माणका लागि प्रवासी नेपालीको भुमिका अहं भएको जगजाहेरै छ । प्रवास रहेर नयाँ नेपाल निर्माणका लागि भुमिका निर्वाह गर्नु भएकाहरुको पौरखको प्रसंसा गर्न कुनै कन्जुस्याई गर्न जरुरी छैन । आशा छ, हाम्रो यो अभियानमा प्रवासी नेपालीको साथ सहयोग रहनेछ ।

अन्तमा,पत्रकारिता आफैंमा एउटा जटिल कर्म हो । यसका चुनौतिहरु प्रशस्त छन् । सुरुवात त सजिलै गरिएला यसको स्थायित्वका लागि यहाँहरुको रचनात्मक सुझाव, सहयोग अनिवार्य हुन्छ । हामीलाई आशा छ । हाम्रा सचेत पाठकबाट हामीले त्यो सुझाव निरन्तर पाउने छौं ।


राजन घिमिरे
सम्पादक/प्रकाशक

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update