NRN
आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल

काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाडौंबाट भैरहवा लागि उडेको सो बिमानका इन्जिनमा आगो लागेको देखिएपछि फर्काएर सुरक्षित रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गराईएको हो । 

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो आगलागीपछि  त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ ।

जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update