NRN
सिन्धुली बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

इलाम ।  मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । 

दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको   खुर्कोटस्थित  अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।   

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update