- राजन घिमिरे
अन्तत:नेपाल जस्तै प्रबासमा पनि चलचित्र छक्का पन्जा -४ ले मन र धन दुबैमा सफलता हात पारिरहेको छ । त्यसमाथि नेपालपछी नेपाली चलचित्रको राम्रो बजार मानिएको र नेपाली चलचित्र बढी हेर्ने दर्शकहरू भएको मूलुकमा पर्ने अष्ट्रेलियाका बिभिन्न शहरहरूमा चलचित्र छक्का पन्जा -४ प्रति त्यहां रहनु हुने नेपाली दर्शकहरूले दिनु भएको अभूतपूर्व साथ र समर्थन सांच्चै उल्लेखनीय रहेको छ ।
यो चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार किनेको सायन इन्टरटेनमेन्टका सुदिन के सी र गोबिन्द भण्डारीको साथमा रगडेल ब्वायज र नमस्ते इन्टरटेनमेन्टका देब कार्कीको भनाईमा छक्का पन्जा - ४ को पुरा अष्ट्रेलियामा आगामी दिनमा झनै अभूतपूर्व रूपमा शोहरू बढ्दै जाने कुरा पक्का छ ।
आइतबारसम्मको आंकडा अनुसार यो चलचित्रको पुरा अष्ट्रेलिया तीस शो भैसकेको र ७ हजारको हाराहरीमा नेपाली दर्शकहरूले चलचित्र होरिसकेको दाबी गरिएको छ । चलचित्रको अष्ट्रेलिया प्रदर्शक समूहका अनुसार पुरा अष्ट्रेलिया यो चलचित्रको आगामी दिनमा शोहरू बढ्ने र पचहत्तर माथि एक सयको हाराहरी शो हुने छ । यो हिसाबले चलचित्र छक्का पन्जा -४.लाई पुरा अष्ट्रेलिया बीस हजार हराहारीको संख्यामा नेपालीहरूले हेर्नु हुने अनुमान गरिएको छ ।
त्यसो भए चलचित्र छक्का पन्जा -४ लाई अष्ट्रेलियामा किन यसरी मन पराइयो त ? -‘ कथा पारिवारिक अनि मर मसला नेपाली र समसामयिक बिषयलाई उठान गर्न सक्नु नै यो चलचित्रको बलियो पक्ष हो -‘ अष्ट्रेलियाका चलचित्र प्रदर्शकको भनाई छ -‘ सबै बर्ग , तह र तप्काले हेर्न सक्ने चलचित्र बनेको छ यो चलचित्र -‘ । यो चलचित्रको अष्ट्रेलियाको सिड्नी बाहेकको शहरका लागि प्रदर्शनको संयोजन गरेको हैट इन्टरटेनमेन्टले पनि सिड्नी बाहिर यो चलचित्रको शोहरू बढ्ने क्रममा रहेको बताएको छ । अष्ट्रेलियामा यस अघि निर्माण भएका चलचित्र छक्का पन्जा - ४ का सिरिजहरूले पनि सफलता हात पारेका थिए ।