NRN
कलाकार संघको अध्यक्षमा रेजिनाको उमेदवारी
  •   राजन घिमिरे 

 अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन्। रेजिनाले उनले सबैबाट साथ र सहयोग पाउंने अपेक्षा सहित अध्यक्ष पदको लागि उमेदवारी  दिएकी हुन । विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिनाले ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन्।

रेजिनाले एक कार्यकाल उपाध्यक्ष भईन भने हाल वरिष्ठ उपाध्यक्षको रूपमा  संघमा काम गरिरहेका  छिन्। रेजिनाले आफुले कलाकारिता क्षेत्रमा गरेको योगदान र कलाकारको हकहितमा गरेका कार्यलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता समेत गरेकी छिन् -‘ मैले घोषणा पत्र तयार पारेको छु । सवै कलाकार र मलाई साथ दिनु हुने अग्रज अनि अनुजहरूको उपस्थितिमा मेरा भाबी कार्य योजना र प्रतिबद्धता राख्ने छु -‘ रेजिनाले भनेकी छन ।


जनचेतनामुलक टेलिसिरियल चेतना बाट अभिनय यात्रा सुरुवात गरेकी रेजिनाले ७० बढी चलचित्रमा अभिनय गरेकी छिन्। म्युजिक भिडियो , सोसल डकुमेन्ट्री र विज्ञापनमा अभिनय गरेर रेजिनाले कलाकारिता बिधामा आफ्नो सशक्त उपस्थिति जनाइसकेकी छन । कलाकार संघमा रहेर पनि रोजिनाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको यतिबेला बजारमा चर्चा चल्ने गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update