NRN
कस्ता सिनेमा चल्छन अष्ट्रेलियामा ? 

राजन घिमिरे 


अष्ट्रेलिया यतिबेला नेपाली सिनेमाको निमित्त प्रबासमा रहेको बजार मध्ये राम्रो बजारको रूपमा हेरिन थालिएको छ । नेपालमा राम्रो उचाई र प्रशंसा कमाएको चलचित्रले अष्ट्रेलियामा चार करोडसम्मको ब्यापार गर्न सक्छ भन्ने उदाहरण चलचित्र कबड्डी-४ ले प्रमाणित गरेपछी अष्ट्रेलियामा आफ्ना चलचित्रहरू बेच्नका लागि यतिबेला निर्माताहरूबीच प्रतिस्पर्धा नै चल्न थालेको छ -‘ तर, सबै चलचित्रहरूले यत्तिकै रूपमा ब्यापार गर्न निश्चित भने छैन -‘ यसै भन्छन चलचित्र कबड्डी -४ को अष्ट्रेलिया प्रदर्शक रोशन भट्टराई । उनले अगाडि भने -‘ काल्पनिक कुरा भन्दा पनि नेपाली परिबेश र माटो सुहाउंदो चलचित्रहरूलाई अष्ट्रेलियामा मन पराईएको पाईएको छ । यो भन्दा अगाडि पनि जात्रैजात्राले १ करोडभन्दा माथिको ब्यापार गरेको थियो ।

 त्यस्तै प्रबासमा रहेका रोशन भट्टराईहरू जस्तै नेपाली चलचित्र कर्मलाई माया गर्ने र साथ दिनेहरूकै उत्साह र उमंगले गर्दा नेपालमा रिलिज भएकै दिन प्रबासमा पनि नयां चलचित्र त्यही दिन  हेर्न पाउंने सुबिधा मिलाउंन लागेपछा नेपाल छाडेर प्रबासीन पुग्नु भएका प्रबासी नेपालीहरूको मुहारमा खुशी र उत्साह एकसाथ देखिन थालेको छ । फलानो देशमा फलानो चलचित्र यतिमा बिक्यो वा फलानो चलचित्रले बिदेशमा यति कमायो भन्ने खबरले एकातिर नेपाली चलचित्रहरूले शानका साथ प्रबासमा आफ्नै पहुँच पुर्याउंन थालेको प्रतित भएको छ भने अर्कोतर्फ  बिदेशमा रहनु हुने नेपालीहरूले  प्रबासबाटै नेपाली चलचित्रहरूलाई दिनु भएको साथ र समर्थनले सांच्चै चलचित्र निर्माताहरूलाई आर्थिक रूपमा राहत पनि प्रदान गरिरहेको छ भन्दा फरक नपर्ला ।
  
 

पछिल्लो समय नेपालपछी नेपाली चलचित्र बढी चल्ने र यसको बजार बढी भएको मूलुकमा पर्न थालेको छ अष्ट्रेलिया । उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया पुगेका नेपाली बिध्यार्थीहरूको संख्या बढेसंगै त्यहां नेपाली चलचित्र हेर्ने नेपाीली दर्शकहरूको संख्यामा पनि बढोत्तरी हुन थालेको छ

पछिल्लो समय नेपालपछी नेपाली चलचित्र बढी चल्ने र यसको बजार बढी भएको मूलुकमा पर्न थालेको छ अष्ट्रेलिया । उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया पुगेका नेपाली बिध्यार्थीहरूको संख्या बढेसंगै त्यहां नेपाली चलचित्र हेर्ने नेपाीली दर्शकहरूको संख्यामा पनि बढोत्तरी हुन थालेको छ

। करिब २० बर्ष अगाडि  नेपाली चलचित्र बलिदान लगेर अष्ट्रेलियामा प्रदर्शन गरेर नयां इतिहास लेख्नु भएका मन केसीको भनाईमा त्यतिबेला रहरमा यो चलचित्र लगिएको थियो -‘ तर आज समयले अष्ट्रेलिया नेपाली चलचित्र निर्माताहरूका लागि आर्थिक रूपमा बलियो देश हुन थालेको छ -‘ केसीको भनाई छ । चलचित्र शत्रुगते र कान्छीलाई अष्ट्रेलियामा ल्याएर प्रदर्शन गर्नु हुने गैह आबासीय
नेपाली संघका पूर्ब उपाध्यक्ष मन केसीले  आजका उत्साही अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूले अष्ट्रेलियामा नेपाली सिनेमाको प्रदर्शन गरेर प्रबासमा नेपाली भाषा र संस्कृतिको प्रचार गर्न ठूलो भूमिका खेलेको कुरा बताए । उनले अगाडि भने -‘ सबै सिनेमा यहाँ चल्दैनन् । धेरैले गुमाएका पनि छन । कमाउंन भन्दा पनि नेपाली चलचित्रप्रतिको माया र सदभाबका कारण नै अष्ट्रेलियामा नेपाली चलचित्रहरूले प्राथमिकता पाएका हुन -‘ ।

अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन अधिकार किनेर चलचित्र प्रदर्शन गर्ने बितरकहरूको भनाईमा त्यहां ग्रामीण कथा र परिबेश प्रस्तुत गरिएका चलचित्रहरू मात्र बढी मात्रामा चल्ने गरेका छन । हांस्य बिधामा बनेका चलचित्रहरू अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूको पहिलो छनौटमा पर्ने गरेको जानकारी यहाँ चलचित्र बितरण गरेकाहरूको भोगाई छ -‘ मह्गा प्रबिधि , भयंकर शहर र ठूला कुरा हेर्न अष्ट्रेलियामा हलिउड कै चलचित्रहरू हेरे भैहाल्यो नि । यहाँ त आफ्नो कथा, गाउंको परिबेश अनि नेपाली बोलीचाली र हांस्य रस बोकेका चलचित्रहरू बढी मन पराइएको पाईएको छ - ‘ अष्ट्रेलियाका चलचित्र बितरकहरू भन्छन ।

 क्रमश अष्ट्रेलियामा आफ्नो बजार बिस्तार गरिरहेको नेपाली चलचित्रको यो अबस्थालाई निश्चित पनि सुखद मान्नु पर्दछ । अष्ट्रेलियामा आजसम्मको  इतिहासमा बढी चलेको चलचित्रहरूमा छक्का पन्जा, कबड्डी,कबड्डी कबड्डी, कबड्डी - ४ , जात्रै जात्रा,शत्रु गते , पशुपती प्रसाद लगायतका चलचित्रहरु पर्दछन ।

 त्यसो त , अष्ट्रेलियामा नेपाली सिनेमाको बजार बिस्तार हुंदै बृहत भएता पनि सबै सिनेमाहरूको ब्यापार राम्रै हुन्छ भन्ने पनि छैन । केही सिनेमाहरु नचल्नाले अष्ट्रेलियामा नेपाली सिनेमा भित्र्याउंने बितरकहरू पनि मारमा नपरेका होइनन् । तर पनि,घाटा होस या नाफा होस , प्रबासमा नेपाली सिनेमा हेर्ने बानी पार्न सक्नुलाई पनि सकारात्मक रूपमा लिइएको छ र , यो नै नेपाली सिनेमा बिधाको लागि उल्लेख्य कुरा पनि हो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update