NRN
एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ ।

महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन । दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुदैछन । 

११औं महाधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्बिरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कपिल गौतमले जानकारी दिए। गौतम महाधिवेशनमा महासचिवको दावेदार हुन । उनी २०७० सालदेखि निरन्तर रूपमा युनियन सचिवको जिम्मेवारीमा छन ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update