NRN
तपाईहरूको नागरिकताको मुद्दा सम्बोधन हुन्छ : राष्ट्रपति पौडेल
  • राजन घिमिरे 


  राष्ट्रपति रामचन्द्र पौडेलले गैह् आबासीय नेपालीहरूले लामो समयदेखी उठाईरहेको नागरिकता सम्बन्धि मुद्दा चांडै सम्बोधन हुने कुरा बताउंनु भएको छ । राष्ट्रपति पौडेलले शुक्रबार आफूलाई भेटेर बिभिन्न समस्या राख्न आएका गैह्र आबासीय नेपालीहरूको प्रतिनिधि मण्डललाई भेट्दै यस्तो जानकारी दिनु भएको हो । गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसंगको भेटमा राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

  राष्ट्रपतिसंग  गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको थियो । भेटमा संघका प्रतिनिधि मण्डलले  राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीकका तर्फबाट  सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Rastrapati nrn1679050357.jpg

   भेटमा कार्यकारी अध्यक्ष रबिना थापाले गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएकी थिईंन ।
यसै गरी भेटमा  संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधान समेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिई विश्वभरका गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न राष्ट्रपति समक्ष आग्रह गरेका आचार्यले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमाथिको अधिकार सम्बन्धमा स्पष्ट कानूनी व्याख्या नहुँदा समस्या भोग्नुपरेको भन्दै उक्त विषय सम्बोधनका लागि पनि जोड दिए ।

  राष्ट्रपतिसंगको भेटका संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले भने गैरआवासीय नेपालीहरुले समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट अभियान थालिसकेको भन्दै उक्त अभियानको कुशल अभिभावकत्वका लागि राष्ट्रपति पौडेल समक्ष आग्रह गरेका थिए ।

     भेटका क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गोविन्द प्रसाद गौतम, कोषाध्यक्ष लोक प्रसाद दाहाल,सह–कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, यूवा संयोजक अब्दूल वासिद, संस्थापक सचिव चिरिन्जीवि ढकाल, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सूवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, एनआरएन दक्षिण कोरियाका रंजनराज कुँवर , एनआरएनएन यूएसएका पदम विश्वकर्मा एनआरएनएका फोकल पर्सन सरोज दाहाल, संघका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको भेटघाट पछि  संघका प्रबक्ता सोम सामकोटाले गैह्र आबासीय नेपालीहरूको समस्या प्रति राष्ट्रपति जानकार रहनु भएकोमा खुशी ब्यक्त गरे -‘ अब हामीलाई बिश्वास छ कि राष्ट्रपतिज्यूबाट हाम्रो समस्याको समाधानका लागि पहल हुने छ -‘ प्रबक्ता सापकोटाले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update