NRN
ओमानमा पुनः बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति 

 

  • राजन घिमिरे 
     

गैह्र आबासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

यो महाधिवेसनले एनआरएनए ओमानका अध्यक्ष बिकल झालाई नै चुनेको छ । अधिवेशनले उपाध्यक्षमा सुरेश खड्का, रविन सिल्पकर,टिकाप्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन गरेको छ भने महासचिबमा सुसन श्रेष्ठ, सचिबमा कमल अर्याल र लक्ष्मी प्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुबेदी चयन गरेको छ ।

यसैगरी अधिबेशनले कार्यसमितिको सदस्यहरुमा बसन्त नेपाली, काशी राम सुनार, सुबाश काफ्ले, बिबेक ज्ञवाली, केशव केसी, कुल प्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन गरेको छ । 

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा एनआरएनए आईसिसि उपाध्यक्ष डिबि क्षेत्रीले एनआरएनए ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना दिदै अवको आईसीसी नेतृत्व मध्यपुर्वले पाउनुपर्ने र त्यसका लागि सबै जुट्नु पर्ने कुरा तर्फ जोड़ दिए ।

कार्यक्रममा ओमानका लागी नेपाली राजदुत डोरनाथ अर्यालले एनआरएनए मध्यपुर्वको नेतृत्वलाई ओमानमा स्वागत गर्दै आफुले नेपाली समुदायसँग सहकार्य गरेर काम गरिरहेको बताए । 

   कार्यक्रमका  नवनिर्वाचित अध्यक्ष बिकल झाले अधिवेसन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै आफू र सिंगो कार्यसमितिले नेपाली दुतावास र ओमानमा रहेका संघ सँस्थासँग सहकार्य गरेर नेपालीहरुको हक हितका लागि काम गर्ने बताए ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update