NRN
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान 
  •  राजन घिमिरे 

 गैर आवासीय नेपाली संघ अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई शुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले  सदस्यता वितरण अभियानको केन्टकीबाट एक समारोह विच शुरु गरे । 

 सदस्यता खुल्ला गरेको तीन सातामा एक सय बीस जनाले आवेदन दिएको बताउदै संयोजक पराजुलीले आफु बस्दै आएको राज्य केन्टकीको लेक्जिन्टन शहरबाटबाट विशेष अभियान शुरु गरेका हुन् । 

Nrn 21679405410.jpg

मेम्बर सीप ड्राइभ कमिटीका चेयर पराजुलीले मातृभूमि नेपाललाई संगठनमार्फत एकजुट भएर योगदान गर्न संस्थाको सदस्य बन्न आबश्यक रहेको बताए । उनले विगतको भन्दा धेरै सदस्य बनाउने गरि लागिपरेको बताए ।  अमेरिका अहिले विश्वमा नै धेरै सदस्य रहेको एनसीसी हो । बीस हजार भन्दा बढी अहिले एनआरएनए अमेरिकाको सदस्य छन् । यो सदस्यता विस्तार कार्यक्रम लिएर उनी नेपालीहरु बसोबास गर्ने अरु  शहरमा भ्रमण गर्दै छन् । कार्यक्रममा नेपाली जन सम्पर्क समिति केन्टकी च्याप्टर सभापति सुधीर ओझा, प्रवासी मञ्च नेपालका केन्टकी च्याप्टर सभापति टेकराज भट्टराईको सहभागिता रहेको थियो । 

त्यसैगरि  स्थानीय समाजका अग्रज शेष नारायण तिवारी, एन्काका वरिष्ठ उपाध्यक्ष श्याम पराजुली , चर्चित कलाकार इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल,  सुदूर पश्चिम समाज केन्टकीका सभापति उद्धव उप्रेती लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

एनआरएनए अमेरिकाले मार्च ६ तारिक देखि सदस्यता खुल्ला गरेको थियो । उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक पराजुलीले गैरआवासीयहरुको विश्वास भयो भने आफु भावी नेतृत्व लिन समेत पछि नपर्ने बताए । उनले भने  ‘सबैको साथ सहयोग  भएमा आगामी नेतृत्वको दौडमा आफुलाई सामेल गरेर अघि बढ्नेछु ।’

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update