NRN
सिडनीबाट डिलाको यस्तो स्विकारोक्ति 

 लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सामाजिक अभियन्ता हुन डिला खरेल ।यूबा ब्याबसायी एबं सामाजिक अभियन्ता खरेल बिभिन्न बिधा र क्षेत्रमा उत्तिकै सक्रिय र क्रियाशील रहंदै आइरहेका छन । साहित्य लेखन क्षेत्रमा पनि उनको कलमले निरन्तरता पाईरहेको छ । यसैबीच 
आफु कवि नभएको कुरा स्विकार गरे पनि खरेलले  विश्व कविता दिवसको अबसरमा सबैमा शुभकामना दिंदै यस्तो कबिता कोरेका छन ।

                        “म कवि होइन”
                                                 
     -         
डिला खरेल 
म कविता लेख्न सक्दिन म कवि होइन
हो मलाई कविता सुन्न मन पर्छ,

म कविता लेख्न सक्दिन म कवि होइन,
किन लेख्ने कविता, आधा शतक नै भै सक्यो न कतै महाकवि लक्ष्मीप्रसाद देख्छु
न कतै कवि शिरोमणि लेखनाथ देख्छु
न आदिकवि भानु न त मोतीराम नै !!

न  कतै लेखिन्छन् मुना मदन न कतै लेखिन्छन् चाणक्यनीति न ॠतुविचार नै,
हिजोआज न कतै अनुष्टुप भेट्छु न् त् शार्दूलविक्रीडित नै
आ.. शिखरिनी र  मन्दाक्रान्ता को त  कुरा गर्ने आँट  नै छैन !!

मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन म कवि होइन !!

किन लेखु कविता , हिजोआज खुद्रा व्यपारीका अनेक अनेक फाइदाका लागि ,
खैर, कान्तिपुर र साप्ताहिककै लागि
अनि अनेक अनेक सुन्दै लाज लग्ने थरी थरीका पुरस्कार को पगेरी गुथ्नका लागि
म कविता लेख्दिन, मलाइ कविता सुन्न मन पर्छ !!

हो मलाई कविता सुन्न मन पर्छ , म कविता लेख्न सक्दिन म  कवि  होइन !!

मलाई लक्ष्मी नै काफी शिरोमणि नै काफी मोतीराम र भानु नै काफी
उनीहरूलाई नै सुनी बस्छु,  हेरी बस्छु र  सोची बस्छु  वाह.. क्या कविता,
एक प्रहर आफैलाई बिर्सन्छु !!

गजब छ  हिजोआज त प्रगतिशील रे , प्रतिगामी रे , यथास्थितिवादी रे
क्या भित्त्र्यायौ स्वघोषितहरु हो तिमीहरुलाई बधाई छ ,
राजकाज र जमाना तिमीहरुकै छ
हो मलाई कविता सुन्न मन पर्छ ,
म कविता लेख्न सक्दिन म कवि होइन !!

अब त झनै कविता लेख्न सक्दिन, म लेख्दै लेख्दिन
तिमीहरुको मनमौजी उत्तरआधुनिकताको हिस्सेदारी लिनु छैन ,
किन गरौ र खोइ - समालोचना , नाटक , कथा र निबन्धका कुरा कोही लेख्दै लेख्दैन ,
वस् मलाई सुन्न मन पर्छ , एक प्रहर आफू आफैभित्र हराउन मन पर्छ !!

मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन, म  कवि  होइन !

सिड्नी,  अष्ट्रेलिया

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update