NRN
भीरबाट लडेर मृत्युु 

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाकाे मृत्युु भएको छ । जिल्लाकाे धुर्काेट गाउँपालिका -२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालकाे मृत्युु भएको हाे ।

मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेकाे केही समयमै उनकाे ज्यान गएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल झरेकी थिइन् ।

शवलाई अहिले पाेष्ट मार्टमकाे लागि गुल्मी अस्पताल ल्याउदै गरेकाे प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update