NRN
प्रधानमन्त्री प्रचण्डद्वारा बैदेशिक श्रमिकको मुद्दा सम्बोधन, एनआरएनए प्रसन्न 

 

  • राजन घिमिरे 
         

 वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान बुधवारदेखी सुरुगरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकला दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकाव्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको एक कार्यक्रममा सुरुवात गरेका हुन ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममाउक्त कार्य शुभारम्भ गरिएकोमा प्रधानमन्त्री प्रचण्डले खुशी ब्यक्त गरेका छन । उनले यस्ले बिदेशमा रहेका लाखौ नेपाली र उनिहरुकोपरिवार लाभान्वित हुने बताए ।

रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती स्वीकार्य नहुने प्रधानमन्त्री प्रचण्डले बताए। प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्यनहुने जनाउदै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमाआवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई सम्बोधन गरेका हुन । प्रधानमन्त्रीले भने अब दुख दिने, दुख पाउने दिन गए । अब सबैकोसम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ । ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरुकै हित रदेश हितमा प्रयोग हुनेछ । यो सरकारको प्राथमिकता र प्रतिवद्धता यही नै हो ।

nrn 11679500142.jpg

उनले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तब्यहरुको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेकोउल्लेख गर्दै श्रम सम्झौता हुन बाँकी देशहरुसँग सम्झौता गर्ने, भइसकेका सम्झौताहरुलाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाईलागि विदेशमा रहेका नेपालीहरुको हक, हित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रुपमा बढाउने कुरा यो सरकारकोप्राथमिकतामै रहेको बताए ।

   श्रम प्रशासन पूर्णत डिजीटल हुँने जनाउदै विदेशबाटै पुन: श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । श्रमतथा रोजगार कार्यालयहरुमा हुने भीड अहिले हटेको जनाउदै प्रधानमन्त्री प्रचण्डले श्रम स्वीकृति दिने कार्य सातै प्रदेशबाट हुने व्यवस्थामिलाई सकिएको बताए । विदेशस्थित नेपाली नियोगहरुमा छुट्टै श्रम कक्षको व्यवस्था गर्ने निर्णय भएको जनाउदै अध्यागमनमा हुनेरोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरुप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको बताए । 

उक्त कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले सफलताको शुभकामना दिए । मुख्य सचिव वैरागीले योगदानमा आधारित सामाजिकसुरक्षा कोषमा वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका श्रमिकको आबद्धतालाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघको साथमहत्वपूर्ण हुने बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले गैरआवासीय नेपाली संघसँगसहकार्य गरेरै विदेशमा रहेका सबै श्रमिकलाई कोषमा आबद्ध गर्ने योजना रहेकोले सहकार्यका लागि आग्रह गरे । आजदेखि नै वैदेशिकरोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने प्रक्रिया शुरु भएको श्रम सचिवअर्यालले बताए । उनले यो विदेशमा रहने नेपाली,उनिहरुको परिवार र देशको लागी अत्यन्तै महत्वपुर्ण अभियान भएकाले सबैलाईजोडिन आग्रह गर्दै यस अभियानमा साथ दिने नेपाल सरकार,एनआरएनए लगाएत सँस्थालाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा वैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई कोषमा ल्याउने योजना रहेको कोषका कार्यकारी निर्देशक कपिलमणिज्ञवालीले बताए । श्रमिकले मासिक २ हजार २ सय रुपैयाँ कोषमा बचत गरे पुग्छ । ७ सय कोषमा हुन्छ । अरु रकम सबै बैंकमा बचतहुन्छ । २०४६ सालदेखि अहिलेसम्म ३० अर्ब रुपैयाँ कोषमा संकलन भइसकेको छ । कोषले ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेकोज्ञवालीले बताए । हालसम्म ७० लाख नेपाली व्यवसायि रहेकोमा १० लाख मात्रै अहिलेसम्म कोषमा आबद्ध भएको तथ्यांक छ । उक्तकार्यक्रममा ज्ञवालीले ४ वर्षभित्र सबै वैदेशिक रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लक्ष्य रहेको बताए । यसकालागि कोषले गर्नुपर्ने सबै काम र योजनाहरु तदारुकताका साथ कार्यान्वयन गरिने उनको भनाइ छ ।

गन्तव्य मुलुकसँग समेत कुरा गरेरसबै वैदेशिक रोजगारदातालाई कोषमा ल्याउने तयारी सरकारको रहेको छ । अनलाइनबाट श्रम स्वीकृत लिँदानै कोषमा पनि आबद्ध हुनसकिने उनको भनाइ छ । यस्तै, वैशाख १ गतेबाट अनौपचारिक रुपमा स्वरोजगार रहेका रोजगारदाताका लागि पनि यो कोषमा आबद्धहुने कार्यविधि कार्यान्वयन हुने ज्ञवालीले बताए ।

उक्त कार्यक्रममा गैह् आबासीय  नेपाली संघका अध्यक्ष कुल आचार्य र रविना थापाले मन्तव्य राख्दै आफुहरुको धेरै पहिले देखीको मागपुरा गरेकोमा सरकार र सरोकारवाला निकायलाई धन्यवाद ब्यक्त गरे । उनीहरुले यो अभियानमा गैरआवासीय नेपालीहरुको उल्लेख्यसहभागिता रहने समेत प्रतिवद्दता जनाएका छन ।

अध्यक्ष आचार्यले गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा मध्य एक सामाजिक सुरक्षा कोष योजना शुभारम्भ भएकोमा आफू हर्षितभएको र यो सारा गैरआवासीय नेपालीहरुको लागि खुसीको क्षण रहेको बताए । गैरआवासीय नेपाली संघले २०११ देखि नै सामाजिकसुरक्षा कोषको स्थापना गर्नको निमित्त सरकारलाई पहल गरिरहेको र अहिले सार्थकता पाएकोमा सरोकारवाला सबै निकाय प्रतिआचार्यले कार्यक्रममा आभार प्रकट गरे । गत साउन २० गते होटल हिमालयनमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषकोदायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ एनआरएनए बीच समझदारी पत्रमा हस्ताक्षर गरिएकोजनाउदै आचार्यले
यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका करिब ४० लाख नेपाली श्रमिक लाभान्वित हुने बताए ।


वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन संघले यसअघि नै धेरै पहलगरेको जनाउदै अध्यक्ष आचार्यले हाल सामाजिक सुरक्षा कोषमा सूचीकृत हुदा आफू ,संघ र गैर आवासीय नेपालीहरु अत्यन्तै खुशीरहेको बताए । संघको निरन्तर प्रयास तथा नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषलेवैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफलभएको अध्यक्ष आचार्यले बताए ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update