NRN
निर्देशनमा अभिनेत्री बेनिशा हमाल

काठमाडाै‌ ।  चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बन्ने भएकी छिन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन्। 

  अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनको आधारमा निर्देशनको सुरूआत गरेको अभिनेत्री हमालले जानकारी दिइन् । “निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिन । यो मेरो सुरूआत हो”, उनले भनिन्, “आगामी दिनमा कथावस्तु र टिम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु । निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ ।”

    यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । चौध चलचित्रमा अभिनय गरिसक्नुभएकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’ अहिले प्रदर्शनरत छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update