NRN
सरकारी खर्चमा जापानबाट नेपालीको पार्थिव शरिर नेपाल आइपुग्याे
  • राजन घिमिरे 

अन्तत: गैह् आबासीय नेपाली संघ जापानले लामो समयदेखी उठाउदै आएको मुद्दाको अहिले आएर सुनुवाई भएको छ ।संघका महासचिब सिद्धार्थ श्रेष्ठका अनुसार जापानमा असामयिक निधन भएका श्रमिक नेपालीहरूको पार्थिव शरिर नेपाल लैजान नेपाल सरकार र जापानमा रहेको नेपाली दूताबासले पहल गर्नु पर्ने आबाज संघले उठाउदै आएको थियो -‘ बल्ल यो बिषयमा सम्बन्धिक निकाएले चासो दिएको छ -‘ उनले जानकारी दिए ।

 यसै बीच नुवाकोट घर भएका र हाल जापानमा निधन हुनु भएका गणेश जङ उप्रेतीको पार्थिब शरीर शनिबार नेपाल एअर लाइन्सको बिमानबाट नेपाल आएकाे  छ | जापानबाट पहिलो पल्ट  सरकारी खर्चमा नुवाकोट समाज जापान ,एन.आर.एन. ए. जापान, नेपाल  दूताबस, नेपालबाट बिष्णु लामिछाने  र  निधन हुन पुगेका आफन्तको पहलमा  पर्थिब शरीर जापानबाट नेपाल आएकाे हाे ।

Nrn11679800050.jpg

  -‘ नेपालबाट जापान आउँदा श्रम गरेर आउन सम्पूर्ण  दक्ष कामदाल दाजुभाइ तथा दिदी बहिनीहरूलाई  हामी हार्दिक अनुरोध पनि गर्दछौं । तपाईंहरुको श्रम भ्यलिड छ भने कसैको जापानमै निधन भएकाे खण्डमा सरकारले सम्पूर्ण खर्च ब्योहोर्नुका साथै नेपालमा मृतकको  परिवारले पनि आर्थिक सहायत प्राप्त गर्नु हुनेछ  -‘ गैह्र आबासीय नेपाली संघ जापानका महासचिब श्रेष्ठले आग्रह गरे । 

  जापानबाट नुवाकोट समाजले सुरु गरेको यस्तो प्रकृयालाई अरु संघ सस्थाहरुले पनि आत्मसात गर्नु पर्ने देखिएको छ ‘  यस्तै कुनै घटना घटेको छ भने जापानमा पैसा उठाउन तिर नलागी सरकारी निती नियममा जान हामी जोडदार आह्रान गर्दछौं -‘ संघले भनेको छ -‘ यस्तो घटना घट्दै नघटोस र यदि घटेमा आफ्ना परिबारले अन्तिम समयमा नेपालमा नै दाहसस्कार गर्दा परिबारको अनुहार त हेर्न पाउंनु हुन्छ -‘ ।  

    ‘ नुवाकोट समाज जापानले साथ र सहयोगको लागि सधैं तत्पर रहने पनि छ -‘ नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछानेले भने । पार्थिव शरिरलाई कानुनी रूपमा नेपाल पठाउंन चांजोपांजो मिलाउंन गैह्र आबासीय नेपाली संघ जापानका महासचिब सिद्धार्थ श्रेष्ठ र नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछाने जापानमा रहेको नेपाली दुताबास पुगेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update