NRN
अमेरिकामा कृष्ण लामिछानेले किन गरे आत्महत्या…? 
  • राजन घिमिरे 

प्रवासमा दिनमा कति नेपालीकौ  निधन हुन्छ ? यसको यकिन डाटा छैन । सबैको  निधनमा चर्चा हुने पनि गरेको पाईंदैन । कुनै नेपालीको निधनमा देशदेखी बिदेशसम्मका नेपालीहरू संबेदनशील वा शोकाकुल हुन्छन भने निधन भएको त्यो पात्रले आफू जिउदो हुँदा समाजमा प्रभाबकारी भूमिका खेलेको र योगदान दिएकै कारण उसले वाहवाही कमाएको रहेछ भन्ने कुरा यकिन गरेर भन्न भने सकिन्छ ।

प्रसंग वा बिषय हो स्वर्गिय कृष्ण लामिछानेको । यसै साता जब लामिछानले अमेरिकामा आत्महत्या गरे भन्ने कुरा बाहिरियो , यो कुरा उनलाई नजिक वा टाढाबाट चिन्नेहरूले सहजै पत्याउनै सकेनन् । पत्याउंन पनि कसरी ? आँखामा राख्दा पनि नबिझाउने अनि सामाजिक अभियान र अरूको सहयोगको पक्षमा लागिरहने मिजासिला लामिछानेले कतै र कहीं पनि आत्महत्या गरेर जिबन त्याग्नु पर्ने  नकारात्मक काम कर्तब्य र ब्यबहार गरेका थिएनन् । 

अन्तत: उनको आत्महत्या पछाडि पारिवारिक कलह, अपमान पारिवारिक तनाब र टचर नै हो भन्ने कुरा बाहिरियो । आफ्ना कारणले नभएर दिनहुँ जसो पारिवारिक तनाब र कलह अनि घरेलु हिंसामा दिनहुँ मर्नु भन्दा एकै पटक मर्नुलाई कृष्णले सही ठाने र यो संसार छोडे । जिबनको दुखद क्षण र असमान्य समयमा परिबारको साथ चाहिंने समयमा नै परिबारले साथ दिनुको सट्टा छि छि र दुर दुर गरेपछी उनको मन कुंडिन पुगेको देखिन्छ र उनले कतै केही आधार र साथ नदेखेपछि जिबन त्यागेको कुरा उनलाई नजिकबाट चिन्नेहरू बताउछन । जब सामाजिक सन्जालमा लामिछानेकी श्रीमती र छोरीले उनलाई दिएको मानसिक यातना अनि तिखो र मन छुने बचन बाहिरियो तब आँखामा राख्दा पनि नबिझाउने कृष्ण लामिछाने  आत्महत्या गर्न बाध्य भएका हुन भनेर भन्न सकिने अबस्थाको सृजना भएको थियो । 

 पारिवारिक तनाबमा रहँदा पनि लामिछानेले नेपाली समाजमा  हाँसी हाँसी साथ, सहयोग र सदभाब बाँडेका रहेछन । धन र दौलत जति भएता पनि जिबनमा ठूलो सम्पत्ति मानिने पारिबारिक सुख रहेछ र त्यो सुख र सदभाबबाट आफू टाढा रहनु पर्ने अबस्थाको सृजना भएपछी उनी आत्महत्या गर्न बाध्य भएको कुरा अब कतैबाट लुकेको छैन । बाहिरिएको अडियो रेकर्ड र तस्बिरलाई आधार मान्ने हो भने लामिछाने परिबारबाटै लामो समयदेखी शारीरिक यातना भोग्दै आइरहेका रहेछन । उनकी श्रीमती र छोरीले लामिछानेले बाहिर कुनै महिला राखेको आरोप लगाएका छन तर, त्यसको ठोस प्रमाण छैन । सम्पति सकाएको आरोप छ , त्यो पनि ठोस प्रमाण छैन । बरू लामिछानेले श्रीमतीलाई आफ्नो सम्पति बेचेर भर्पाई दिने कुरा बताएका छन । अडियोमा निकै शालीन र सभ्य तरिकाले प्रस्तुत भएका लामिछाने बिरूद्द उनकी धर्मपत्नी र छोरीले आफ्ना श्रीमान र पितामाथि बोल्न पनि अशोभनिय लाग्ने भाषा प्रयोग गरेको पाइएको छ । एउटा संस्कारिक परिबारभित्र त्यस्तो भाषा र शैली नै हुंदैन , जून भाषा लामिछानेको श्रीमती र छोरीले त्यो अडियोमा बोलेको पाईन्छ । श्रीमतीसंगै छोरीले पनि नुन खोर्सानी लगाएर झुण्डाउनु पर्छ भनेर भनेपछी कुन पिताको मन रूंदैन होला । आफ्नो  रगत मानिने छोरीबाटै यस्तो अपहेलित र अपमानित ब्यबहार कुन पितालाई सहन  हुन्छ ? 

 यदि लामिछानेको उपस्थिति , प्रस्तुति र ब्यबहार गलत, अशोभनिय, समाज र परिबार बिरूद्द थियो भने त्यसको छनक उनलाई नजिकबाट चिन्नेहरूले थाहा पाउँदथे होला । उनी गलत थिए भने किन आज संसारभरका नेपालीहरू उनको निधनप्रति भाबबिह्लल हुन्थे ? आँखामा राख्दा पनि नबिझाउने भनेर चिनिएका लामिछाने अन्तत: आफ्ना परिबारको लागि आँखाको कसिंगर बनिरहेका रहेछन । अमेरिका जस्तो सपनाको देशमा आफ्नो परिबारलाई स्थापित  गर्न लामिछानेले आफ्ना रहर र उमेर खर्चेंको उनको परिबारले कहिले पनि मनन गरेनन् , उल्टो लामिछानेलाई त्यो पैसा कहाँ डुबाईस भनेर प्रतिप्रश्न मात्र गरिरहे । परिबारलाई नेपालदेखी लगेर बिदेशी भूमिका स्थापित गर्न लामिछानेले कहांसम्मको संघर्ष र मिहेनत गरे होलान ? यसको लेखा जोखा उनकी छोरी र श्रीमतीले कहिले गरे खै ? लामिछानेलाई उनको परिबारले जिबनको उत्तरार्धमा आएर दिएको उपहार र स्याबासी यही हो त ? पारिवारिक तनाब र बर्बरताका कारण कृण्णलाई प्रबासमा ज्यान गुमाउंनु पर्ने अबस्थामा जसले पुर्यायो त्यो जो कोहीलाई जिबनभर पश्चाताप भने लागिरहने छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update