NRN
५० लाख कंगारु मार्दै अष्ट्रेलियन सरकार 

 

  • राजन घिमिरे 
     

बिश्वमै  दुर्लभ जनावरमा पर्ने कंगारूको संख्या घटाउन अष्ट्रेलियन सरकारले यो बर्ष धेरै कंगारू मार्ने भएको छ ।कंगारू अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाईने जनाबर हुन ।अस्ट्रेलियामा कंगारुको संख्या ३ करोड ६५ लाख रहेको अस्ट्रेलियाको तथ्यांकले देखाएको छ ।

 यसैबीच कंगारुको संख्याको अस्ट्रेलियाका ६ राज्यले हेलिकप्टरमार्फत्  गणना गर्न लागेको जानकारी सिएनएनले दिएको  छ ।  यसवर्ष मात्र अस्ट्रेलियाका न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, भिक्टोरिया, साउथ अस्ट्रेलिया र वेस्टर्न अस्ट्रेलियामा ५० लाख कंगारु मारिने कोटा तय भएको सीएनएनले जनाएको छ ।

  ऐजेन्सीहरूका अनुसार यसवर्ष भिक्टोरिया राज्यमा २ लाख ३६ हजार ३५० कंगारु मारिँदैछन् । गतवर्षभन्दा यस राज्यमा २७ प्रतिशत बढी कंगारु मार्न अनुमति दिइएको हो । यस देशमा जग्गा धनीहरूलाई कंगारु मार्ने लाइसेन्स नै प्रदान गरिन्छ ।

अस्ट्रेलियाको कंगारु उद्योग संघका अनुसार कंगारुको मासु र छाला बेचेरै अस्ट्रेलियाले वर्षको एक सय ३३ मिलियन अमेरिकी डलर आर्जन गर्छ । कंगारु मार्नुलाई अधिकारवादी संस्थाले विश्वभर विरोध पनि जनाएका छन् । 
यद्यपि अस्ट्रेलियाको सरकारले भने कंगारुको संख्या अत्यधिक भएकाले त्यसलाई मार्नुबाहेक उपाय नभएको बताएको छ ।

कंगारु धेरै हुँदा यसले मानिसलाई आक्रमण गर्ने, बालिनाली नष्ट गर्नुका साथा यसले जमिन नै कब्जा गरेर बस्ने र अन्य जनावरहरूलाई पनि मार्ने हुनाले संख्या नियन्त्रण गर्न मार्नुपरेको विज्ञहरूले बताएका छन ।

खडेरीको समयमा कंगारु आफैंलाई भोकमरीबाट जोगाउन पनि नियमित रूपमा कंगारु मार्न आवश्यक भएको बताइएको छ । अस्ट्रेलियको क्वीन्सल्यान्डको मारुम भन्ने ठाउँ यतिबेला कंगारुको कब्जामै गएको छ । त्यहाँ २२० घर छन् तर कंगारुको संख्या बढी भएको त्यहाँ उक्त जनावरले मानिसहरूलाई आजित बनाएका छन् ।

कंगारु खाना खोस्न किचनसम्मै आउने गरेका छन् । यदी मानिसहरू कंगारुको प्रतिकारमा उत्रिए कंगारुले मानिसहरूलाई कुट्ने गरेको पनि बताइएको छ । 


( सीएनएन र एजेन्सीको सहयोगमा  )

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update