NRN
जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक


सिमरा । मकवानपुर ११ हेटौंडालाई ३–० ले हराउदै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिमा  प्रवेश गरेको छ । 

बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर विरुद्ध आक्रामक खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा फाइनल प्रवेश ग-यो । ०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पा २०६९ को चौथो सिमरा गोल्डकपमा उप–विजेता बनेको थियो । सिमरा रङ्गशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशकपछि तेश्रो पटक फाइनलयात्रा तय गरेको छ ।

हिमालयन शेर्पाले खेलको २९ औं मिनटमा सुशिल राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशिलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डि एरियाबाट बल खोस्दै काउण्टर मुभ बनाएका अब्योमी र सुशीलको आकर्षक तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भयो ।

हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने । खेलको ७४ औं मिनटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरे । 

खेलको ८७औं मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल खोस्दै मिलनले निशानलाई सुन्दर पास उपलव्ध गराएका थिए । खेलको ७४ औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोश्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चत गर्दै फाइनल यात्रा तय ग¥यो । इन्ज्युरी समयको चौथो मिनटमा हिमालयन शेर्पाका मिलन राइको पासमा निाशानले अर्को गोल थपे । डिबक्स भित्र डिफेण्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनटमा तेश्रो गोल बेहोर्नुप-यो ।
क्वाटर फाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पाको सामु निरिह देखियो । शेर्पा विरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन ।

प्रतियोगिता अन्तर्गत विहिबार साविकविजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेड विच दोश्रो सेमिफाइनल खेल हुनेछ । शनिबार हुने फाइनल खेलको प्रमूख अतिथीका रुपमा उप–राष्ट्रपति रामसहाय प्रसाद यादब उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update