NRN
नेदरल्याण्बाट साबुको आग्रह: हामी एनआरएनहरू फूटने होइन, जुट्नु पर्छ 
  • राजन घिमिरे 

जिबनमा कति कमाइयो या कति गुमाइयो ? यसको लेखाजोखा कहिले पनि राखिनन् साबु पौडेलले  । उनले सदा प्रबासमा रहनु हुने नेपालीहरूलाई साथ  दिइरहिन र उनिहरूको दुख अनि संघर्षमा हातेमालो गरिरहिन, एउटी सामाजिक अभियन्ताको रूपमा ।

 बिगत १५ बर्षदेखी  यूरोपको नेदरल्याण्मा बस्दै आइरहेकी साबुले सामाजिक अभियन्ताको रूपमा नेदरल्याण्डसंगै अन्य मूलुकमा रहनु हुने प्रबासी नेपालीहरू मांझ राम्रै शान र मान हात पार्दै आइरहेकी छन । सांच्चै, सामाजिक अभियन्ताको रूपमा साबुको सक्रियता र कृयाशिलताले लामो समयदेखी निरन्तरता पाइरहेको छ । नेपाल म्यूजिक फाउण्डेसन नेदरल्याण्डसकी अध्यक्ष साबुले यो संस्था मार्फत प्रबासमा नेपाली कला, साहित्य र गीत संगीतलाई बिस्तार गर्ने मामिलामा जून योगदान दिएकी छन , त्यो ज़्यादै नै तारिफ गर्न योग्य मानिएको छ ।  

 गैह्र आबासीय नेपाली संघ नेदरल्याण्डको बिभिन्न पदमा रहंदा होस या नरहंदा नै किन नहोस उनले सामाजिक अभियन्ताको रूपमा आफ्ना सत्कर्मलाई निरन्तरता दिने कार्यलाई  कहिले पनि ‘ब्रेक’ गरिनन् । साहसी, मिलनसार र मिहेनती नेपाली चेलीको रूपमा प्रबासमा आफूलाई स्थापित गराएकी साबु प्रबासमा रहनु हुने सबै नेपालीहरु एक हुनु पर्ने कुरामा जोड दिन्छिन -‘ प्रबासमा फूटेर होइन जुटेर अगाडि बढ्दा हामी सबैको भलो हुन्छ । सबै नेपालीको एकै आबाज र एकै मुठ्ठी देख्दा बिदेशीहरू पनि छक्क पर्ने बाताबरणको सृजना गर्नु पर्ने भएको छ -‘ उनको आग्रह छ । 

  साबु भन्छिन -‘ ८० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गरिरहेको गरिमामय गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि दुई दशक पार गर्दै गर्दा  गहन आन्तरिक विवाद र विविध अनियमितता, बिकृति र बिसंगतिहरु, वितृष्णा र गुनासाहरुलाई सम्बोधन गर्दै संघलाई पुनः चलायमान र संस्थागत गरेर लैजानु पर्ने चूनौतीमा पुगेको र हालसम्म संघमा नेतृत्व गर्नु भएका हजारौ सामाजिक अभियन्ता र अग्रजहरुको योगदान र पसिनालाई कदर गर्नुपर्ने हामी सबैको दायित्व भएको हामीले बिर्सनु हुंदैन -‘ उनले स्मरण गराएकी छन ।

  साबुले अगाडि भनेकी छन -‘ हामीहरु बिचमा नै एकता हुन सकेन भने हाम्रा मुद्दाहरु साकार पार्न असहज हुनसक्ने भएको हुंदा एकता कायम गर्न सक्नु नै हाम्रो दायित्व हो -‘ उनले आग्रह गरेकी छन -‘  अब केही  समय पछि एनसीसी  र  आइसीसीको  नँया नेतृत्व चयनको लागि अधिवेशनहरु हुँदैछन । यस पटक सबै मिलेर एक सक्षम र अनुभवी नेतृत्व चयन गरेर जाउ र समस्त एन आर एनहरुमा एकता कायम गरेर अगाडि बढौं -‘ साबुले आह्रान गरेकी छन ।

     सामाजिक अभियन्ता तथा महिला फोरम नेदरल्याण्डसकी संस्थापक संयोजक साबु आफूले कहिले पनि पद पाउंन लोभ नगरेको स्पष्ट पार्छिन र भन्छिन -‘ तर पद भयो भने काम गर्न सजिलो भने हुने रहेछ । यो मेरो अनुभब हो । यत्रो बर्ष प्रबासमा रहंदा मैले आफूले भ्याएसम्म र जानेसम्म सामाजिक क्षेत्रमा राम्रै उपस्थिति जनाएइरहेको छु । यो कर्मलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने छु -‘ उनले भनिन् । 

    उसो भए गैह्र आबासीय नेपाली संघको अब हुने चुनाबमा आगामी कार्यकालमा कुन पदमा उठ्ने तयारी छ त ? हाम्रो यो प्रश्नको जबाफमा साबुले भनिन् -‘ यो र उ भन्दिन । मेरो काम र सत्कर्मलाई सबैले देख्नु भएको छ । उहांहरुकै साथ, सल्लाह र सुझाबलाई मध्ये नज़र गरेर अगाडि बढ्ने छु -‘ उनी थप्छिन -‘ संघ संस्था भनेको सामूहिक काम , सोच , बिचार र कर्मको क्षेत्र हो । यो कर्ममा सबैको साथ र हात लिने अनि सर सल्लाहलाई मनन गरेर अगाडि बढ्ने हो । साथी भाईहरूले जून पोष्टमा जहां उठ भन्नु हुन्छ । त्यसमै अगाडि बढ्ने योजना बनाएको छु -‘ उनले भनिन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update