NRN

 

  •   राजन घिमिरे 
       

सुगमदेखी दुर्गमसम्म आफ्नो उपस्थिति र पहुँच पुर्याउंदै यतिबेला अगाडि बढिरहेको छ खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड ।

 यो लिमिटेडलाई २०७८ सालदेखी हांकिरहनु भएका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द  नेपाल सरकारले सुम्पेको जिम्मेवारी पुरा गरि राख्नु भएको छ । कुनै समय निकै अस्त ब्यस्त  यो संस्थालाई लयमा ल्याएपछि चन्दले यतिबेला सर्बत्र प्रसंशा र स्याबासी कमाईरहनु भएको छ ।

    एउटा प्रधान कार्यालय र सातवटा प्रादेशिक कार्यालय रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको पाँच वटा मुख्य शाखा कार्यालय, उनान सत्तरी वटा स्थायी डिपोहरु, पच्चीस वटा शाखा कार्यालय र छैसठ्टी वटा बिक्री केन्द्रहरू रहेका छन ।

   नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो लिमिटेडले नेपालका कुना कुनासम्मका नागरिकहरुलाई पुर्याएको सेवा सांच्चै प्रशंसा गर्न लायकको रहेको छ । प्रतिकूल मौसम र अबस्थामा पनि यो लिमिटेडले जनाएको उपस्थिति कम गौरबको कुरा होइन ।

 पछिल्लो समय रैथाने वा स्थानिय बालीहरू किनेर देशका कृषकहरूलाई आय आर्जन बढ्ने गतिलो ब्यबस्था गरेर लिमिटेडले जनाताहरूप्रति गर्नु पर्ने कर्तब्य पनि पुरा गरेको पाइएको छ । पर्याप्त कर्मचारीहरूको ब्यबस्था नहुंदा पनि सिमित कर्मचारीहरूको साथ र हात लिएर लिमिटेडलाई अगाडि बढाउंन प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द दिलो ज्यानले लागिरहनु भएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update