NRN
यूरोपको पोर्चुगल क्रिकेट टीममा  पोखरेली ठिटोले छलाङ
  •  राजन घिमिरे 

पछिल्लो समय प्रबासमा नेपालीहरूले बिभिन्न बिधा, पेशा र क्षेत्रमा उपस्थिति जनाउंने क्रम बढ्दो छ ।उधोग ब्याबसाय , ब्यापार र कलेज सन्चालन होस या रेष्टुरेण्ट ब्याबसाय नै किन नहोस ,नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । 

यसैबीच एक जना पोखरेली यूबाले भने यूरोपको पोर्चुगलको राष्ट्रीय क्रिकेट टिममा शानदार उपस्थिति जनाएका छन । उनी हुन पोखराका सुमन घिमिरे ।  आगामी शनिबार नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दैछ। टी–२० सँगै यी तीन देशबीच टी–१० प्रतिस्पर्धा पनि हुनेछ भने यही मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुकलको राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने  छन ।

सुमन चारवर्ष अघि मात्रै पोर्चुगल पुगेका हुन ।पोखरामा रहंदा क्रिकेट खेल्ने उनि रोजगारीको क्रममा पोखराको क्रिकेट छोडेर पोर्चुगल पुगेका थिए। बैदेशिक रोजगारीको लागि पोर्चुगल गए पनि उनले आफ्नो क्रिकेटप्रतिको मोह छोडेनन । रेष्टुरेण्टमा काम गर्दै प्रबासमा पनि क्रिकेट खेललाई निरन्तरता दिइरहेका उनलाई अन्तत: राष्ट्रिय टिममा नै पुर्यायो ।

 पोखरा १३ बाझापाटनमा बस्दै आएका उनि पोखराको तेर्सापट्टीमा जन्मिएका हुन । आफ्नो चाह र उद्देश्यप्रति अठोट लिएर यात्रा गरियो भने एकदिन अबश्य सफल भईन्छ भन्ने कुराको गतिलो उदाहरण पनि बनेका छन सुमन घिमिरे  प्रबासमा एकातिर कामको चटारो अनि आफ्नो चाहलाई पनि ध्यान दिनु पर्ने , कम चुनौती पूर्ण कुरा होइन । यस्तो चुनौतीलाई आत्मसात गर्दै अगाडि बढेका सुमनले हात पारेको यो सफलताको यतिबेला मुक्तकण्ठले प्रशंसा गर्न थालिएको छ । सुमन  यही अप्रिल ८ र ९ तारिखका दिन पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर मैदानमा उत्रने छन ।
( बिभिन्न अनलाइन र समाचार स्रोतको आधारमा तयार पारिएको )

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update