NRN
सिक्किमको हिउँ पहिरोमा परेर तीन जना नेपालीको मृत्यु

सिक्किम  । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेकाे भारतीय सेनाले जनाएकाे छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंकापछि खोजबिन सुरु गरिएको थियो ।

जसअनुसार १४ जनालाई उद्धार गरेर नजिकैको भारती सेनाको क्याम्पमा लगिएको थियो । जसमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटकीय गन्तव्यसमेत रहेको क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update